शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल : पोखरा एभेन्जर्सलाई विराटनगर किङ्सले दियो १४० रनको लक्ष्य

बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनायो ।

विराटनगरका लागि स्टक एडवार्डले सर्वाधिक ४५ रन जोडे । लोकेश बमले २६, निकोलस किर्तनले १९ रन जोडे । बसिर अहमदले २१ रन बनाए ।

बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २/२ विकेट लिए । कप्तान कुशल भुर्तेल र दिनेश खरेलले १/१ विकेट लिए ।

अहिले पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।

एनपीएल बाँकी यात्राका लागि विराटनगर र पोखरा दुबै टिम जित्नै पर्ने दबाबमा छन् ।