जाजरकोट । जाजरकोटको नलगाडमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
गएराति नलगाड नगरपालिका–३ बिरखोलामा ग ३ च ९८४५ नम्बरको जीप दुर्घटनामा हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन रहेका छन् ।
यस्तै ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।
घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।