बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कलाकार हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन

बुधबार, मंसिर २६ २०८१

कैलाली । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका पूर्वप्रतियोगी (कलाकार)  हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।

गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षीय महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा  गए राति मृत्यु भएको हो ।

‘कमेडी च्याम्पियन २’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा छनोट भएका थिए।

कमेडी च्याम्पियनको दोस्रो सिजनमा भाग लिएका हिक्मत टप ४ सम्म पुगेका थिए । ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएपश्चात टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका हुन् । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।

हिक्मतले कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका थिए।