काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ ।
सुदुरपश्चिम रोयल्सले दिएको १२४ रनको मध्यम लक्ष्य पच्छ्याएको जनकपुर ५१ रनमा अलआउट हुन पुग्यो ।
अपराजित हुँदै शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सले आज खुलेर खेल्न सकेन । सुदूरपश्चिमको घातक बलिङसामु निरीह बनेको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो ।
जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २-२ विकेट लिए । सैफ जैब र नरेन साउदले समान १ विकेट लिए ।
यसअघि सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाए ।
यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए ।