काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
जनकपुर जारी एनपीएलमा अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको थियो ।
एनपीएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीनमा जित निकालेको छ ।
जनकपुर बोल्ट्स
आसिफ शेख – ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी – आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।