काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गरेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौं स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो ।
तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।
यसअघि आज भएको पहिलो खलेलमा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । लुम्बिनीले चितवन राइनोजमाथि ३३ रनको जित निकालेको हो ।