काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान रोहित पौडेलको शानदार ब्याटिङ र बलिङमा चितवनविरुद्ध लुम्बिनीले पहिलो जित निकालेको छ ।
सुरुवाती चार खेल गुमाएर जित विहीन रहेकाे लुम्बिनीले पाँचौ खेलमा भने चितवन राइनोजमाथि ३३ रनको जित निकालेको छ । आजकाे खेलमा कप्तान पौडेलको शानदार ब्याटिङ र बलिङ गरेका छन् ।
रोहितले ५७ बल खेल्दै ८० रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे ।
उनले चितवन राइनोजविरुद्ध उत्कृष्ट बलिङ पनि गरे । उनले चार ओभर बलिङ गर्दै १७ रन खर्चेर ४ विकेट लिएका छन् ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको थियो।
लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।
चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाए ।
नरबहादुर सार्कीले १२ बल खेल्दै अविजित २२ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । रिजन ढकालले १४ बलमा अविजित १५ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६७ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि रोहितकुमार पौडेलले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ८० रनको योगदान गरे भने साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाएका छन् ।
चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिएका छन्