बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

धादिङमा ग्यास बुलेट भिरमा अड्किएको अवस्थामा फेला

आइतबार, मंसिर २३ २०८१

धादिङ । चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटना भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका –७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो ।

सो बुलेटको इन्जिन सडकबाट करिब एकसय पचास मिटर तल भिरमा अड्किएको अवस्थामा छ ।

बुलेट त्रिशुली नदीले बगाएर करिब दुईसय मिटर तल पु र्‍याएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा परेको ग्यास बुलेटको उद्धारको काम भइरहेको छ ।

प्रहरीका अनुसार त्यहाँ चालक-सहचालक कोही पनि फेला परेका छैनन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।