बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एनपीएल : आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

आइतबार, मंसिर २३ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ । जनकपुर लगातार तीन खेलमा अंक बटुल्न सफल भएको छ ।

दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।

यो खेल राष्ट्रिय टिमका  अलराउण्डर कुशल मल्ल र टाइगर उपनाम पाएका अलराउण्डर दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ । सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ । चितवन राइनोजले १ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको छ ।