शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चितवन राइनोजविरुद्ध कर्णाली याक्स बलिङ गर्दै

शुक्रबार, मंसिर २१ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ ।

टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजको छ ।

लगातार दुई खेल जितेको चितवनविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा कर्णाली छ । कर्णाली यसअघिका दुवै खेलमा पराजित भएको थियो ।

जनकपुर बोल्टससँग ८ बिकेटले र काठमाडौं गोर्खाजसँग तीन विकेटले पराजित भएको कर्णाली यो खेल जीत्नै पर्ने दबाबमा छ ।

कर्णाली याक्स प्लेइङ ११ : शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिश सिंह ठकुरी ।

चितवन राइनोज प्लेइङ ११ :दीपक बोहरा, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविर ।

एनपीएल गत शुक्रबारबाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।