बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रविलाई राति नै पोखरा पुर्‍याइयो

बिहिबार, मंसिर २० २०८१

काठमाडौ। चितवनमा बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राति नै गाडीमा पोखरा पुर्याइएको छ ।

चितवनमा २ दिनसम्म बयान सकेर राति नै स्थलमार्ग हुँदै  लामिछानेलाई चितवनबाट मध्यराति पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

बिहान लैजाँदा उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि राति नै सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको प्रहरीको भनाइ छ ।

हिजो दिउँसो लामिछाने बयान चलिरहँदा हिजो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए ।

उनलाई पोखराबाट फेरि पर्सा लैजाने तयारी छ । जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाएसँगै उनलाई फेरि वीरगञ्ज लैजाने तयारी प्रहरीले गरेको हो ।

लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा अनुसन्धान गर्न रविलाई पक्राउ अनुमति दिइएको हो ।