जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा माओवादी केन्द्रले जितेको छ।
नेकपा माओवादी केन्द्रकी देवका लामिछाने उपप्रमुखमा चार हजार २७२ मतसहित विजयी भएकी हुन्।
उनकी प्रतिद्वन्दी कांग्रेसकी इन्द्रा चन्द (सिंहं) ले तीन हजार १४७ मत पाइन्। उनीहरूबीच एक हजार १२५ मतान्तर रहेको छ। एमालेकी सुनिता बोहराले दुई हजार ५४२ मत प्राप्त गरिन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत प्राप्त गरिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सुनिता पुन रावलले ५८ मत र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १७ मत पाएकी छन्।
यसअघि २०७९ को निर्वाचनमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन्। गत वर्ष भूकम्पमा परेर उनको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।