बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज बयान सकेर रवि लामिछानेलाई पोखरा फर्काइने

सोमबार, मंसिर १७ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आज पनि जारी रहने भएको छ ।

शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आइतवार सरकारी वकिलको कार्यालय लगिए पनि बयान अझै नसकिएकाले आज पनि जारी रहने भएको हो ।

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आज सम्म काठमाडौंमा नै रहने भएका छन । बयान सकिए पछि सम्भवतः आजै पोखरा फर्काइने छ ।

शुक्रबार बिहान देखि सुरू भएको बयान सो दिनको अपरान्ह ३:३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । हिजो उनले झन्डै ५ घन्टा लामो बयान दिएका थिए ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।