बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कीर्तिपुरमा कांग्रेसका डंगोलकाे अग्रता कायमै

सोमबार, मंसिर १७ २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् । जारी मतगणनामा डंगोलले ७८९ मतसहित अग्रता कायम गरेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ६६६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४६५ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले ४१८ मत र दिनेशकुमार अधिकारीले २३६ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।

कीर्तिपुरकै वडानम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मतले विजयी भइसकेका छन् भने वडानम्बर ४ को नतिजा आउन बाँकी छ ।