बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

महोत्तरीको रामगोपालपुर-२ माओवादीबाट एमालेले खोस्यो

सोमबार, मंसिर १७ २०८१

काठमाडौं  ।  स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यस्तै, मधेश प्रदेशको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सकिवुल खाँ विजयी भएका छन् ।

सकिबुल खाँ ६३१ मत ल्याएर विजयी बनेका हुन्।

नेकपा माओवादी केन्द्रकी आइती कुमारी यादवले ५३४ मत र कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ मत ल्याए।

यसअघि २०७९ को चुनावमा यहाँ माओवादी केन्द्रका मुकेशकुमार यादव वडाध्यक्ष भएका थिए। त्यो बेला कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत पाएका थिए।