काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।
हिरासतमा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई बयानका लागि आज (मंगलबार) काठमाडौं ल्याइने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको समेत रकम अपचलन गरेको आरोप छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार लामिछानेलाई आज जहाजमार्फत् काठमाडौं ल्याउने तयारी गरिएको हो ।
काठमाडौंबाट पक्राउ गरेर प्रहरीले उनलाई पक्राउ गरेकै दिन गत कार्तिक २ गते कास्की लगिएको थियो । यसबीच लामिछानेविरुद्ध पटक पटक म्याद थप भएको छ ।
रविलाई यसअघि भैरहवा लगेर बयान लगिएको थियो । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।