बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

शुक्रबार, मंसिर ७ २०८१

काठमाडौं।सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेको हो ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गतेदेखि १० गतेसम्म सम्मेलन हुँदैछ।

सभामुख घिमिरे सम्मेलनमा सहभागि भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।