जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
मधेस प्रदेश खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रूपमा जनकपुरमा सोमबार साँझ जर्सी अनावरण गरेका हुन् ।
जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्टस्ले यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ ।
जनकपुरमा सोमबार साँझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।