काठमाडौं । साफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकी स्टाइकर सावित्रा भण्डारी ‘साम्बा’ व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्किएकी छन् ।
बुधबार राति साफको फाइनल खेलेकी सावित्रा बिहीबार बिहानै व्यावसायिक फुटबल खेल्ने फ्रान्स लागेकी हुन् ।
साम्बाले यात्राअघि महिला फुटबललाई माया र सपोर्ट गर्ने सबैमा ऋणी भएको भन्दै थप मेहनत गरेर भावी दिनमा अझ सशक्त खेल्ने बताइन् ।
साम्बाले यात्राअघि महिला फुटबललाई माया र सपोर्ट गर्ने सबैमा ऋणी भएको भन्दै थप मेहनत गरेर भावी दिनमा अझ सशक्त खेल्ने बाचा गरिन् ।
साम्बा फ्रेञ्च क्लब एना भाग गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी छन् ।
साम्बाले सेमिफाइनलमा भारतविरुद्ध उत्कृट गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी थिइन् ।
नेपालले पेनाल्टीसुटआउटमा भारतलाई ४-२ ले हराएर फाइनल पुगेको थियो ।
तर, लगातार दोस्रोपटक बंगलादेशसँग फाइनलमा पराजित हुँदा पहिलोपटक साफ जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।