बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बालुवाटारमा रास्वपाको विरोध प्रदर्शन, झण्डै एक दर्जन कार्यकर्ता प्रहरी नियन्त्रणमा

मंगलबार, कार्तिक १३ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको पक्राउविरुद्ध आन्दोलनको क्रममा बालुवाटारबाट रास्वपाका केही कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा पर्नेहरुमा पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत ११ जना छन् ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै भर्त्सना गरेका छन् ।

सहकारी ठगीमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरा हुँदै काठमाडौंमा आन्दोलन जारी राखेको छ ।

लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् ।