काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन् ।