बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एमालेको सचिवालय बैठक बस्दै

आइतबार, कार्तिक ४ २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने पक्राउ पछिको राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आगामी २ मंसिरदेखि सुरु हुने र १६ मंसिरमा मतदाता हुने कार्यतालिका छ ।