काठमाडौं । अमेरिकाविरुद्धको टी-आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित ९२ रन बनाए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाए ।
अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २–२ विकेट लिए भने सौरभ नेत्राभलकरले एक विकेट लिए ।
नेपालले अमेरिकाविरुद्धको टी–२० आई नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।
तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल भएकाे हाे । पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने आजको खेलमा भने समावेश भएका छन् ।
यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।