शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबलाई 

आइतबार, असोज ६ २०८१

काठमाडौं ।  नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

माल्दिभ्सको मालेमा शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

उक्त प्रतियोगितामा पुलिस क्लब अपराजित रह्यो । पुलिस क्लबले पहिलो सेट २५–१६ अङ्कले जितेको थियो । दोस्रो सेट पनि उसले २५–२२ अङ्कले जितेको थियो । तेस्रो सेटमा २५–२३ अङ्कको जित निकाल्दै पुलिस क्लबले उपाधि हात पारेको हो ।

यसअघि पुलिस क्लबले लिग चरणको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई नै ३–० सोझो सेटमा पराजित गरेको थियो । यस्तै अन्य खेलमा पुलिस क्लबले श्रीलङ्काको श्रीलङ्का एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्बललाई ३–० सेटले नै पराजित गरेको थियो । यस्तै पुलिस क्लबले माल्दिभ्सको वाम्कोलाई ३–२ सेटले तथा लिग चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको थियो ।