काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी परित्याग गर्ने संकेत गरेकी छिन् ।
उनी हालै पार्टीको पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित भएकी थिईन् । तर, सो निर्वाचनमा चिट बाँडेर आफू लगायतलाई हराइएको उनले आरो लगाउँदै आएकी छिन् । आफूलाई हराउनको लागि अध्यक्ष माधवकुमार नेपाललै नै सक्रिय भूमिका खेलेको उनको आरोप छ ।
पछिल्लो समय पार्टीमा असन्तुष्ट रहँदै आएकी नेतृ झाँक्रीले तत्कालै पार्टी परित्याग गर्ने संकेत गरेकी छिन् ।
उनले यात्रामा मोडहरु आएपछि त्यो बेला मोडिनुपर्ने उल्लेख गरेकी छिन् । उनी पूरानै घर एमालेमा फर्किने हल्ला छ ।
उनले फेसबुकमा लेखेकी छिन्ः
यात्रामा जब मोडहरू आउँछन नि त्यो बेला मोडिनुपर्छ। शुभसन्ध्या अशल मनहरूलाई