शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईसिसी विश्वकप क्रिकेट लिग २ : क्यानडासँग नेपालको फराकिलो हार

मंगलबार, असोज १ २०८१

काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपालले क्यानडासँग फराकिलो हार ब्यहोरेको छ।

मंगबलार बिहान सम्पन्न खेलमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो।

नेपालको ब्याटिङ लाइन नचल्दा नेपाल पराजित हुन पुग्यो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०।१ ओभरमा १५० रन मात्र बनाएर अलआउट भयो।

कुनै पनि ब्याट्सम्यान नचलेको नेपालका लागि करण केसीले सर्वाधिक २७ रन जोडे । उनले २४ बलको सामना गर्दा २ चौका र २ छक्का प्रहार गरेका थिए । सन्दीप लामिछानेले २२ रन जोड्दा गुल्सन झाले १५ रन थपे ।

नेपालका लागि ओपनर कुशल भुर्तेल १० बल खेलेर १ रनमै आउट भए। उनलाई क्यानडाका हेलिगरले एलबिडब्लूको धरापमा पारे

आसिफ शेखले २० रन बनाए भने भीम सार्की १८ रनमा आउट हुँदा कप्तान रोहित पौडैल ५ रनमा सीमित हुन पुगे। कुशल मल्लले १२ रन बनाएको खेलमा दीपेन्द्रसिंह ऐरी ८ र सोमपाल कामी ६ रनमा आउट भए ।

नेपालले २५.१ ओभरमा ७ विकेट गुमाउँदा ८० रन जोडेको थियो। ब्याटिङ लाइन पुरै नचल्दा बलर ब्याटिङ सम्हाल्न पुगेका थिए। बलिङमा क्यानडाका हेलिगरले ५ विकेट लिँदा मात्र ३१ रन खर्चिए। अखिल कुमार र अंश पटेलले २–२ विकेट हात पारे।

टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालविरुद्ध क्यानडाले ८ विकेटको क्षतिमा २५३ रन बनाएको थियो। उसका लागि कप्तान निकोलास किर्टनले उत्कृष्ट ब्याटिङ गरे । किर्टनले नटआउट ७३ रन बनाएका थिए । उनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए

बलिङमा नेपालका सोमपाल कामी र ललित राजवंशीले २–२ विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहित पौडेलले १–१ विकेट हात पारे

विश्वकप लिग–२ मा पाँच खेल खेलिसकेको नेपालले एक मात्र जित निकालेको छ। क्यानडा भ्रमणमा रहेको नेपालले दोस्रो खेलमा ओमानसँग बुधबार राति प्रतिस्पर्धा गर्दैछ।