काठमाडौं । तीन दलका प्रमुख तीन नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
केही समयअघि देउवा र प्रचण्ड बालुवाटार छिरेको स्रोतको दाबी छ । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
उनीहरुबीच संसदमा देखिएका गत्यारोध अन्त्यलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएकाे छ ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार उपसभामुख इन्दिरा रानामगरसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न भेट भएको हो ।