बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सत्ता बाहिर दीपक मनाङ्गे

मंगलबार, भाद्र १८ २०८१

गण्डकी । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् ।

सोमबारमन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

गुरूङले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। मुख्यमन्त्री पाण्डेले सोमबार नै नेकपा (एमाले) का चार जना मन्त्री नियुक्त गरेका थिए ।