बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एकीकृत समाजवादीले छान्यो १७ पदाधिकारी

महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित हुँदा रामकुमारी झाँक्री पराजित

बुधबार, भाद्र १२ २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त मत परिणाम अनुसार सचिव पदमा शेरबहादुर कुँवर (१५३), सोमप्रसाद पाण्डे (१४१), श्रीनाथ बराल (१०७), सावित्रीकुमारी भुसाल (१०६) र चन्द्रबहादुर शाही (९१) विजयी भए । एकीकृत समाजवादीको पाँच सचिवका लागि २६ जना उम्मेदवार थिए ।

त्यसैगरी एकीकृत समाजवादीको चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् ।

त्यस्तै चार उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भए । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भइन् । महिला उपाध्यक्षकै अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्री पराजित भइन् । राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत पाइन् ।

यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिएका थिए ।

अब पोलिब्युरो सदस्यको मतगणना हुन बाँकी रहेको छ ।