शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एएफसी च्यालेञ्ज लिग

आज चर्च ब्वाइज र भुटानको ‘पारो एफसी’बीच प्रतिस्पर्धा

जापानका स्टार फुटबल खेलाडी होण्डाले नेपालविरुद्ध खेल्ने

मंगलबार, साउन २९ २०८१

काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा मंगलबार चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’बीच प्रतिस्पर्धा हुनेछ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्न आफ्नो टोली तयार रहेको बताएका छन्।

कप्तान अनन्त तामाङले पनि आफ्नो टोली शारीरिक र मानसिक रूपमा भुटानसँग खेल्नका लागि तयार रहेको दाबी गरेका छन्। पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको भन्दै खेल रोचक बन्ने बताएका छन्।

गत वर्ष पनि पारो एफसी कप छनोट खेल खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पराजित भएको थियो। जापानका स्टार फुटबल खेलाडी केइसुके होण्डाले  आज नेपालविरुद्ध खेल्ने भएकाले खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

अघिल्लो सिजनमा नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो। त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।

पछिल्लो सिजनको तुलनामा योपटक बलियो देखिएको टोली पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्ने अनुमान गरिएको छ।