बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

बिहिबार, साउन २४ २०८१

काठमाडौं। दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी जियोलोजिकल सर्वे (युएसजीएस) का अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्यूड मापन गरिएको छ।

जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ।

यसअघि मार्च २०११ मा जापानमा अहिलेसम्मकै खतरनाक भूकम्प आएको थियो। जसकाकारण १६ हजार मानिस मारिएका थिए।