बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ लिने

बिहिबार, साउन २४ २०८१

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ ।

बंगालदेशको सेनाका प्रमुख वाकर–उज–जमानले डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका छन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् । शपथ ग्रहण समारोह राति आठ बजे हुनेछ ।

साथै, उनले बंगलादेशमा ३-४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताए । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानूनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेकोसमेत जानकारी दिए ।

उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गरे ।

गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ ।