बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बंगलादेशको अन्तरिम सरकारको नेतृत्वमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसकाे चर्चा

मंगलबार, साउन २२ २०८१

काठमाडौं । गरिबी विरुद्धको अभियानमा सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका मोहम्मद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकारको रूपरेखा तयार अनुमान गरिएको छ ।

आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार गरिने बताएका छन् ।

विद्यार्थी आन्दोल चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छोडेकी थिइन् । उनले देश छोडेपछि पार्टीका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।

हाल ७६ वर्षकी हसिना देश छोडेर भारत पुगेको विवरण आएका छन्।

सेनाप्रमुखले अन्तरिम सरकार निर्माण घोषणा गरेको केही घण्टापछि सोमवार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन्।

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन्।

सन् १९८३ मा प्राध्यापक युनुसले स्थापना गरेको उक्त ब्याङ्कले गरिब जनताहरूलाई आफ्नै साना व्यवसायहरू सुरु गर्न प्रेरित गरेकाे थियाे ।  सन् २००६ मा प्राध्यापक युनुस र उनको ब्याङ्कलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ।

यसअघि हसिनाको अवामी लीग र विपक्षी बाङ्ग्लादेश न्याश्नल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको छ।

बाङ्ग्लादेशमा कैयौँ पटक सैन्य कू भएको थियो। सबैभन्दा पछिल्लो पटक सन् २००७ मा यहाँ सैन्य कू भएको थियो।

पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ।

युरोपेली सङ्घले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई “शान्तिपूर्ण सत्ता हस्तान्तरण” गर्न आग्रह गरेको छ।

यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन।

हसिनाका सहयोगीहरूका अनुसार उनी अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन्।