देश छोडेर भारत प्रस्थान
काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छिन् । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी हुन्।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हसिनाले राजीनामा दिएको र हेलिकप्टरमार्फत सुरक्षित स्थानतर्फ गइसकेको जनाएको छ। हसिनाले चढेको हेलिकप्टर भारततर्फ उडेको र उनीसँगै उनकी बहिनी शेख रेहानाले पनि मुलुक छोडेको बताइएको छ ।
तनावका कारण बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अबरुद्ध छ ।