काठमाडौं । उर्जामन्त्रालयले नेपाल विधुत प्राधिकरणको सञ्चालक समितिका सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेको छ।
पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विषयमा प्रवन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका थिए। दुबै जनाले बक्यौता नउठाएसम्म लाइन जोड्न नहुने भन्दै उक्त निर्णयमा फरक मत राखेका थिए।
दुबैलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जिम्मेवारीबाट हटाईएको हो ।