बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

आकांक्षीको पेलानमा नेकपा एसको कार्यदल, बन्यो ३४३ सदस्य केन्द्रीय कमिटी

शनिबार, साउन १९ २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको संख्या बढाएको छ ।

एकीकृत समाजवादीले आकांक्षी धेरै भएपछि केन्द्रीय कमिटी ३४३ सदस्यीय बनाएको हो ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त सङ्ख्याको केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीको प्रचार विभागले जनाएको छ ।

यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो ।

साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल थिए ।