बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पदको सदुपयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सोमबार, साउन ७ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताएका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिँदै उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पदको सदुपयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद”, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आइतबार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा एक सय ८८ मत परेको थियो भने विपक्षमा ७४ मत परेको थियो । साथै एक सदस्य तटस्थ रहेको थिए ।

एमाले अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।