शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

सकेसम्म म्यासेन्जरबाटै शुभकामना दिन शुभेच्छुकलाई प्रधानमन्त्रीकाे आग्रह

बुधबार, साउन २ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा विभिन्न माध्यमबाट सन्देश पठाएरै बधाई दिन शुभचिन्तकलाई आग्रह गरेका छन् ।

आफूलाई विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेको जनाउँदै उनले शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा मार्फत यस्तो अनुरोध गरेका हुन् ।