शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले जित्याे कोपा अमेरिकाकाे उपाधि

सोमबार, असार ३१ २०८१

काठमाडौं । कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

हार्ड रक रंगशालामा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा मार्टिनेजले खेलको ११२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जारी प्रतियोगितामा उनको यो पाँचौ गोल हो। उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन्।

सेल्सो खेलको ९७औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान प्रवेश गरेका थिए।