शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

एमाले र कांग्रेसबीच मिल्यो मन्त्रालयको भागबन्डा

सोमबार, असार ३१ २०८१

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डा टुंगिएको जानकारी दिए । उनका अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति भएको छ ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचनाप्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाइ, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।

मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुवै दलका नेताहरुले बताएका छन् । आज विहानसम्ममा मन्त्री पनि टुंगो लगाउने गरी दुवै दलको तयारी गरेका छन् ।