शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

युरो कप २०२४ : सेमिफाइनल समीकरण पूरा

आइतबार, असार २३ २०८१

काठमाडौं । जर्मनीमा भइरहेको युरोकप २०२४ को सेमिफाइनल समीकरण तय भएको छ ।

शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।

तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् ।

डुसेलडर्फमा भएको अन्तिम आठको खेलमा इंग्ल्यान्डले स्विजरल्यान्डलाई टाइब्रेकरमा ५–३ ले हराएको हो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि पेनाल्टी सुटआउटमा जानु परेको थियो । इंग्ल्यान्डका तर्फबाट पाँचै प्रहार गोलमा परिणत भएको थियो ।

प्रतियोगिताको अन्तिम आठको अर्को खेलमा नेदरल्यान्ड्सले टर्कीलाई २–१ ले हराएको थियो । योसँगै युरो कपको सेमिफाइनल समिकरण पूरा भएको छ। नेदरल्यान्ड्सले सेमिफाइनलमा इङ्ग्ल्यान्डको सामना गर्नेछ।

अब पहिलो सेमिफाइन्लमा फ्रान्स र स्पेन भिड्नेछन्। दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ ।