शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

भ्रष्टाचारको फाइल खोलेर देखाउन गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौती

बुधबार, असार १९ २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारको फाइल खोलेर देखाउन r चुनौती दिएका छन् ।

बूढानीलकण्ठमा जारी पदाधिकारी बैठकबाट बाहिरिँदै शर्माले भ्रष्टाचारको फाइल खोल्न लाग्दा गठबन्धन ढलेको भनेर गृहमन्त्रीले गरेको दाबीको खण्डन गर्दै यस्तो चुनाैती दिएका हुन् ।

उनले लामिछाने हालपनि गृहमन्त्री नै रहेको हुँदा हिम्मत भए फाइल खोलेर देखाउन चुनौती दिए ।

शर्माले गृहमन्त्रीलाई भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ। कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न। भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ।’

शर्माले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मार्ग प्रशस्त गर्नेमा आफूहरु विश्वस्त रहेको समेत बताए ।