शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

परिवर्तित राजनीति घटनाबारे छलफल गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

मंगलबार, असार १८ २०८१

काठमाडौं । एमाले कांग्रेसबीच नयाँ समीकरण बन्ने भएपछि संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पनि मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ ।

आज दिउॅसो २स्०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनका अनुसार बैठकले पार्टीको धारणा तय गर्नेछ ।

नयाँ सरकार गठन गर्नेबारे दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि राजनीति परिस्थिति मोडिएको छ । दुई दलले संविधान संशोधनलगायतका मुद्दा अघि सारेपछि राप्रपा पनि सकारात्मक छ ।

सरकारमा सहभागिता जनाउने/नजनाउनेबारे भरेको बैठकमा छलफल हुने उनले बताए ।