काठमाडौं । भारतका दुई क्रिकेटर रोहित शर्मा र विराट कोहलीले टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् ।
शनिबार भएको विश्वकप फाइनलमा भारतले उपाधि जितेसँगै उनीहरूले सुखद बहिर्गमन गरेका हुन् । आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी-२० आई नखेल्ने घोषणा गरे ।
भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्नेक्रममा उनले यो आफ्नो अन्तिम टी-२० आई खेल भएको बताएका थिए ।
कोहली भारतबाट टी- २० मा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । कोहलीलगत्तै भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले पनि सन्यास घोषणा गरेका छन् ।
उनी टी २० मा सर्वाधिक रन र सर्वाधिक शतक बनाउने खेलाडी हुन् । सन् २००७ देखि अहिलेसम्म भएका सबै टी २० विशणवकपमा उनले भारतका तर्फबाट सहभागिता जनाएका थिए ।