बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

हिमालयन एभरेष्ट इन्स्योरेन्समा नेतृत्व परिवर्तन

शुक्रबार, असार १४ २०८१

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्समा नेतृत्व परिवर्तन भएको छ । कम्पनीका अनुसार संचालक समिती र बिजय बहादुर शाहबीच आपसी सहमति अनुसार २०८१ आषाढ १२ गतेको संचालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी बिजय बहादुर शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट पदमुक्त भएका छन । उनको नेतृत्वमा कम्पनीे गैर–जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र उनका योगदानहरूका लागि सदैव आभारी रहने कम्पनीले सूचनामा उल्लेख गरेको छ।

साथै उनको स्थानमा नायव प्रमूख कार्यकारी अधिकृत श्रीमती अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभए सम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने कम्पनीले जानकारी दिएको छ।