बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कांग्रेसले बोलायो संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

बुधबार, असार ५ २०८१

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल र संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । त्यस अघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ ।

सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।