काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन १८ दशमलव ७६ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार दुई दशमलव २७ अंकले बढेर दुई हजार ७८ दशमलव ७६ अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५५ अंकले बढेर तीन सय ६७ दशमलव ७५ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार सात सय छ पटकको कारोबारमा ७२ लाख नौं हजार सात सय ५७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार छ सय ३२ रुपैयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सात वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक पाँच दशमलव २२ अंकले घटेर चार हजार ५२ दशमलव ६२ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि १२ दशमलव २७ अंकले घटेर १० हजार ७८ दशमलव ९० अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने एक दशमलव ६२ अंकले बढेर ११ सय एक दशमलव शुन्य तीन अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि ५८ दशमलव ८७ अंकले बढेर २२ सय ९८ दशमलव ७४ अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि आठ दशमलव ५० अंकले बढेर २५ सय ९१ दशमलव ९६ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ८८ अंकले बढेर १० हजार छ सय सात दशमलव ८७ अंकमा चढेको छ । यि बाहेक लघुवित्त र अन्य समुहको सुुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ ।