काठमाडौं । टी २० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनले हराएको छ ।
२१९ रनको विशोल लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा अल आउट हुँदा ११४ रन मात्र बनायो ।
सेन्ट लुसियाको ग्रोस आइलेटस्थित ड्यारेन सामी क्रिकेट मैदानमा मंगलबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११८ रनको विशाल स्कोर खडा गरेको थियो ।
वेस्ट इन्डिजका लागि निकोलस पूरनले ५३ बलमा ९८ रन बनाए । जोन्सन चार्ल्सले ४३ र रोभम्यान पावेलले २६ रन बनाए ।
समूह सीबाट अफगानिस्तान र वेष्टइन्डिज दुवै सुपर-८ मा पुगिसकेका छन् ।