शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

टी-२० विश्वकप : इतिहास रच्न चुकेकाे नेपालकाे नमिठो पराजय

आइतबार, असार २ २०८१

काठमाडौं । नेपाल अमेरिकामा भएको टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

नेपाल र श्रीलङ्काविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएसँगै एक एक अंक बाँडे।

सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा शनिबार बिहान भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई कडा चुनौती दियो । तर अन्तिममा नेपाली ब्याट्सम्यानले लय गुमाउँदा १ रनले पराजित हुनु पर्यो । जसका कारण नेपालले एउटा ऐतिहासिक अवसरसमेत गुमायो । समूह चरणको तेस्रो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदा समूह ‘डी’ मा रहेको नेपाल विश्वकपबाट बाहिरिएको छ ।

ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि नेपालले जित नजिक पुगेर पनि नतिजा सुम्पिएको हो । सुपर आठमा पुग्न नेपाललाई दक्षिण अफ्रिका पन्छाउनु पर्ने बाध्यता थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ४९ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए ।
अनिल शाहले २७ रन बनाए । उनले २४ बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए। ओपनर कुशल भुर्तेलले १३ रन जोडे ।

यस्तै दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । कुशल मल्ल एक रन र कप्तान रोहित पौडेल शून्य रनमा पेभेलियन फर्किएका थिए । सोमपाल कामीले अविजित आठ र गुलशन झाले ६ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले तीन विकेट झार्नुभयो । यस नतिजासँगै समूह ‘डी’ मा दक्षिण अफिका अपराजित रह्यो ।

उत्कृष्ट प्रर्दशन गरेको नेपाल अन्तिममा सम्हालिन नसक्दा सुपर आठमा जाने बाटो गुमाएको थियो । अन्तिम दुई बलमा रन जोड्न नसक्दा नेपाल ऐतिहासिक विजयको नजिक भएर पनि पराजित हुन पुग्यो। अन्तिम ओभरमा जितका लागि नेपाललाई ८ रन चाहिएको थियो । सुरुका दुई बल डट खेलेका गुल्सन झाले तेस्रो बलमा चौका प्रहार गरे र चौथो बलमा दुई रन लिए । तर, दुवै बलमा उनी बिट भए ।  पाँचौँ बल फेरि डट भएपछि अन्तिम बलमा एक रन लिन खोजेर खेल सुपर ओभरमा लान खोज्दा नेपालका लागि संकटमोचकका रुपमा चिनिएका गुल्सन रन आउट भए । रन लिने क्रममा कमजाेर रनिङ गरेका उनले डाइभ हानेको भएमात्र पनि खेल बराबरी हुने अवस्था थियो । तर दुर्भाग्यवस उनी चुके ।

नेपालले अब बङ्गलादेशसँग प्रतिष्ठाका लागि खेल्नेछ ।