काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान सुपर–८ चरणमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो ।
पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५.१ ओभरमा केवल तीन विकेट गुमाएर पूरा गर्यो ।
पपुवा न्यु गिनीका किपलिन दोरिगाले सर्वाधिक २७ रन बनाउनु बाहेक अन्य खेलाडीले उत्कृष्ट रन बनाउन सकेनन् । अली नाओले १३ रन जोडे ।
समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अङ्कसहित पहिलो र समान खेलबाट समान अङ्क बटुलेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन् ।
वेस्ट इन्डिज सुपर–८ चरणमा पुगिसकेको छ । आयोजक वेस्ट इन्डिजभन्दा अफगानिस्तान नेट रन रेटमा अगाडि छ ।